अब सिभिल बैंक ISO 9001:2015 प्रमाणित बैंक
समृद्धिको लागि सिभिल बैंक भन्ने नारा सहित अगाडी बढी रहेको सिभिल बैंक अब ISO 9001:2015 प्रमाणित बैंक बन्न सफल भएको छ ।
आज सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारास्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच ISO 9001:2015 को प्रमाणपत्र ISO certification को आधिकारिक संस्था URS-United Registrar of system का नेपाल प्रतिनिधि प्रकाश पौडेलले सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई प्रदान गर्नुभयो ।