CIVIL BANK

सिभिल बैंकद्वारा बाल विकास समाजलाई दुई लाख प्रदान

26 Aug, 2018

सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आज एक कार्यक्रमबीच बाल विकास समाजलाई रु दुई लाखको चेक हस्तान्तरण गरेको छ ।  उक्त चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्वारा बाल विकास समाजका अध्यक्ष सुवास गौतम र कोषाध्यक्ष सुरेन्द्र ढकाललाई  संयूक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो । उक्त कार्यक्रममा बाल विकास समाजका संचालक समिति, सरकारी पदाधिकारीहरु तथा अन्य गन्यमान्य ब्यक्तिहरुको उपस्थिति थियो ।

देशको भविष्य युवा पुस्ताको हातमा रहेको कुरा मनन गर्दै बाल विकास समाजलाई यो सहयोग गरिएको कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताउनु भयो ।

सिभिल बैंकले आफ्नो स्थापनाकाल देखि नै बालबालिकाको क्षेत्रमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत पाँचखालमा संचालित ‘समाज कल्याण बाल गृहका तीन अनाथ बालकहरूको कक्षा १०सम्मको सम्पूर्ण खर्च बैंकले विगत ८ वर्ष देखि ब्योहोर्दै आइरहेको छ ।  यस बाल विकास समाजसँग पनि बैंकले विगत २ वर्षदेखि निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आइरहेका छ ।